मकवापुर प्रशासनद्वारा पोलिक्लिनिकमा सिलबन्दी

मकवापुर प्रशासनद्वारा पोलिक्लिनिकमा सिलबन्दी

२०७८, आश्विन १७ आइतवार

  • 1.0K
    SHARES

  • मकवापुर प्रशासनद्वारा पोलिक्लिनिकमा सिलबन्दी

    वाग्मती । मकवानपुरको  हेटौडा उपमहानगरपालिका–१० मा रहेको राप्तीरोडस्थित गुराँस पोलिक्लिनिक तथा साई फार्मेसीमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरी आज कारबाही प्रक्रिया अगाडि बढाएको छ । 

    मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा खटिएको जिल्ला अनुगमन टोलीले गुराँसमा सिल गरेको बताइएको छ । अनाधिकृत व्यक्तिले सो फार्मेसीबाट औषधि बिक्री गरेको पाइएकाले सिल गरेर कारबाही प्रक्रिया अगाडि बढाएको सो कार्यालयले जनाएको छ ।

    हेटौडा अस्पतालका चिकित्सकले बीमाको औषधि अस्पतालको  फार्मेसीमा नरहेको भन्दै गुराँसमा सिफरिस गर्दै आएको गुनासो बढेपछि  प्रशासनबाट अनुगमन भएको बताइएको छ । 

    यसैगरी प्रशासनले हेटौँडा–१ र १० का किराना पसल तथा मेडिकल पसल गरी एक दर्जन पसलको अनुगमन गरेको जनाएको छ ।  सो अनुगमन टोलीमा उपभोक्तावादी संस्थाका प्रमुख तथा प्रतिनिधि र संचारकर्मीको सहभागिता थियो ।

    २०७८, आश्विन १७ आइतवार०१:२७:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार