कोरोना सङ्क्रमणबाट वडा सदस्यको मृत्यु

कोरोना सङ्क्रमणबाट वडा सदस्यको मृत्यु

२०७८, आश्विन १७ आइतवार

  • 1.1K
    SHARES

  • कोरोना सङ्क्रमणबाट वडा सदस्यको मृत्यु

    डडेल्धुरा । डडेल्धुरा अमरगढी नगरपालिका–५ का वडा सदस्य ७० वर्षीय जगन्नाथ ओझाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । 

    यही असोज १४ गते अस्पताल भर्ना भएका उनको शनिबार राति डडेल्धुरा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । यही असोज १४ गतेबाट नै उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै आएको थियो । 
     
    वडा सदस्यको निधन भएपछि अमरगढी नगरपालिकाले आज शोक बिदा दिएको छ 

    २०७८, आश्विन १७ आइतवार०४:३२:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार