प्रधानन्यायाधीशले राजनीतिक दलसँग किन खोज्दै छन् भाग ?

प्रधानन्यायाधीशले राजनीतिक दलसँग किन खोज्दै छन् भाग ?

२०७८, आश्विन १९ मंगलवार

  • 789
    SHARES

  • प्रधानन्यायाधीशले राजनीतिक दलसँग किन खोज्दै छन् भाग ?

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दलहरूबीच देखिएको राजनीतिक अस्थिरताबीच राज्यको कुनै न कुनै ठाउँमा आफ्नो भाग माग्दै आएका छन् । 

    पछिल्लो समय सत्तारूढ पाँच दलीय गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्न खोजेपछि प्रधानन्यायाधीश जबराले पनि आफूनिकटलाई मन्त्री बनाउनुपर्ने पहल गरेको कुरा बाहिर आएपछि विज्ञप्ति निकालेर खण्डन गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् । 

    बाँकेका गजेन्द्र हमाललाई मन्त्री बनाउन प्रधानन्यायाधीश जबराले प्रधानमन्त्री शेरबहादुर देउवासँग पहल गरेको विषय बाहिर आएपछि उनले आफूले कसैलाई पनि मन्त्री बनाउन पहल नगरेको भन्दै सोमबार खण्डनसमेत गरेका छन् । 

    प्रधानन्यायाधीश जबराले राज्यको कुनै पनि निकायमा दलहरूबीच भागबन्डा हुँदा आफ्नो पनि भाग माग्ने गरेको यो पहिलो घटना होइन ।

    यसअघि पनि न्यायाधीशदेखि संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिमा प्रधानन्यायाधीश राणाले भागबन्डामा आफूनिकटको नाम सिफारिस गरेका थिए । 

    यसअघि पनि प्रधानन्यायाधीश जबराले विभिन्न निकाय र अड्डामा आफ्नो मान्छे नियुक्तिका लागि भाग मागेका थिए । यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग उनले संवैधानिक आयोगको पदाधिकारी नियुक्तिको विषयमा आफ्नो भाग मागेका थिए । 

    त्यतिबेला आफ्नै पार्टीभित्रबाट आन्तरिक झमेलामा परिरहेका ओली प्रधानन्यायाधीश राणाले संवैधानिक आयोगमा भाग मागेपछि दिन बाध्य हुनुपरेको एमालेका एक सांसद बताउँछन् ।

    लामो समयदेखि संवैधानिक आयोगको पदाधिकारीमा नियुक्त हुन नसकिरहेका र तत्कालीन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि संवैधानिक परिषद्को बैठकमा अनुपस्थित हुने देखिएपछि तत्कालीन प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका थिए ।

    २०७८, आश्विन १९ मंगलवार०८:२५:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार