नक्कली नोटसहित पक्राउ

नक्कली नोटसहित पक्राउ

२०७७, मंसिर १५ सोमवार

  • 1.4K
    SHARES

  • नक्कली नोटसहित पक्राउ

    मंसिर १५, कञ्चनपुर ।

    नक्कली नोटसहित भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय दीपक नाथलाई आज प्रहरीले पक्राउ गरेको छ । हजारका दरका तीन थान नक्कली नोटसहित नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।  

    स्थानीय पसलमा सामान खरिद गर्ने क्रममा नाथले नक्कली नोट दिएको पाइएपछि पक्राउ गरिएको उनले बताए । पक्राउ परेका नाथमाथि थप अनुसन्धान भइरहेको उनको भनाइ  छ ।

    २०७७, मंसिर १५ सोमवार०७:१३:०२
    प्रतिक्रिया
    सम्बन्धित समाचार