धनुषामा दुई छोराको हत्यापछि आमाले गरिन् आत्महत्या

धनुषामा दुई छोराको हत्यापछि आमाले गरिन् आत्महत्या

२०७८, आश्विन २३ शनिवार

  • 1.0K
    SHARES

  • धनुषामा दुई छोराको हत्यापछि आमाले गरिन् आत्महत्या

    काठमाडौँ । धनुषामा दुई जना छोराको हत्या गरी एक महिलाले आत्महत्या गरेकी छन्।

    नगराइन नगरपालिका-७ फुलगामाकी २४ वर्षीया गुडिया साहले शुक्रबार साँझ ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय आदित्य साहलाई डोरीले घाँटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ।

    दुवै छोराको हत्यापछि घरमै रहेको सिलिङ फ्यानमा पासो लगाएर गुडियाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

    उनका अनुसार घटनाका बेला गुडियाका श्रीमान् गुरुदेव साह कामको सिलसिलामा जनकपुर आएका थिए।

    घरमा कोही नभएको बेला चर्को स्वरमा डिजे साउन्ड बजाएर गुडियाले छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ।

    घटनास्थलबाट गुडियाले प्रयोग गर्ने मोबाइल फुटेको अवस्थामा बरामद भएको छ।

    घटनाको कारण खुलि नसकेको डिएसपी बस्नेतको भनाइ छ।

    तीनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए।

    २०७८, आश्विन २३ शनिवार१२:४५:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार