ट्राफिक व्यवस्थापनका सामाग्री हस्तान्तरण

ट्राफिक व्यवस्थापनका सामाग्री हस्तान्तरण

२०७८, आश्विन २३ शनिवार

  • 1.1K
    SHARES

  • ट्राफिक व्यवस्थापनका सामाग्री हस्तान्तरण

    तनहुँ । व्यास नगरपालिकाले शुक्रबार जिल्ला ट्राफिक कार्यालयलाई ३७ थान ट्राफिक व्यवस्थापनका सामग्री हस्तान्तरण गरेको छ ।

    नगरप्रमुख वैकुण्ठ न्यौपानेले सवारी दुर्घटना कम गर्न सहयोग पुर्‍याउने उद्देश्यले जिल्ला प्रहरी कार्यालयका प्रमुख दिनेशराज मैनालीलाई पार्किङ निषेधित क्षेत्र २५, सवारी साधन प्रवेश निषेध पाँच, गति सीमित तीन, सम्भावित सवारी दुर्घटना क्षेत्र एक, विद्यालय क्षेत्रमा गति सीमित एक, सवारी साधन बिसौनी एक, हेभी गाडी पार्किङ एक लेखिएका सामग्री हस्तान्तरण गरेका हुन् ।

    दमौली बजार क्षेत्रलाई लक्षित पहिलो चरणमा ट्राफिक व्यवस्थापनका सामग्री सहयोग सहयोगस्वरुप उपलब्ध गराइएको उनले बताए ।

    प्रहरी उपरीक्षक मैनालीले यस्ता सचेतनामूलक बोर्डले सवारी दुर्घटनामा न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरे ।

    २०७८, आश्विन २३ शनिवार०१:०२:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार