हत्याको घटनाले जिल्लामा त्रास सिर्जना

हत्याको घटनाले जिल्लामा त्रास सिर्जना

२०७८, आश्विन २५ सोमवार

  • 1.0K
    SHARES

  • हत्याको घटनाले जिल्लामा त्रास सिर्जना

    झापा । जिल्लामा मासु व्यवसायी इन्द्रकुमार मगरको हत्या घटनापछि त्रास सिर्जना भएको छ । अर्जुनधारा नगरपालिका–६ का ५० वर्षीय मगरको आइतबार राति मासु बेचिरहेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ । 

    बङ्गुर फ्रेस हाउस चलाउँदै आएका उनको घाटी र हातमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए । बडादसैंकै बीचमा मगर हत्याको घटनाले जिल्लामा थप त्रास सिर्जना भएको छ । 

    परिवारले उनको साथमा रु दुई लाख रकम भएको जनाएको छ । परिवारका अनुसार उनले सोही दिन मात्र दुईवटा बङ्गुरको मासुसमेत बिक्री गरका थिए । सोही पैसा लुट्न उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    घटनाबारे तालिमप्राप्त कुकुर ल्याएर थप अनुसन्धान भइरहेको प्रवक्ता थापाको भनाइ छ । 

    २०७८, आश्विन २५ सोमवार०४:२३:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार