सञ्चारमन्त्रीबाट टीका ग्रहण

सञ्चारमन्त्रीबाट टीका ग्रहण

२०७८, आश्विन २९ शुक्रवार

  • 709
    SHARES

  • सञ्चारमन्त्रीबाट टीका ग्रहण

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमा अम्बिकादेबी कार्कीबाट विजयादशमीको टीका ग्रहण गरेका छन् । 

    पुल्चोकस्थित मन्त्रीनिवासमा आज विहान १० बजेर २ मिनेटको शुभसाइतमा सञ्चारमन्त्री कार्कीले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् । 

    सञ्चारमन्त्रीले परिवारका सदस्य र आफन्तजनमाझ दसैँको टीका लगाएको उनका स्वकीय सचिव रामजी थापाले जानकारी दिए । कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गरी आवश्यक स्वास्थ्य सावधानी अपनाएर मन्त्री निवासमा सीमित सङ्ख्याको उपस्थितिमा टीका लगाइएको छ ।

    २०७८, आश्विन २९ शुक्रवार०२:२५:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार