जनभावनाअनुसार काम गर्नेछु : मन्त्री झाँक्री

जनभावनाअनुसार काम गर्नेछु : मन्त्री झाँक्री

२०७८, कार्तिक १ सोमवार

  • 829
    SHARES

  • जनभावनाअनुसार काम गर्नेछु : मन्त्री झाँक्री

    रामपुर (पाल्पा) । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूले पाएको जिम्मेवारीलाई इमान्दारीका साथ निभाउन प्रयास गर्ने बताएकी छन् ।

    नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री झाँक्रीले संविधानको रक्षा गर्दै जनताको भावना र चाहनाअनुसार जिम्मेवारीपूर्वक काम गरेर देखाउने बताइन् । 
     
    वर्तमान सरकारले देशमा भइरहेको भ्रष्टाचार र कुशासनविरुद्ध काम गर्ने उनको भनाइ थियो । अध्यायदेशबाट आएको बजेटलाई नै परिमार्जन गरेर वर्तमान सरकारले बजेट ल्याएको उल्लेख गर्दै मन्त्री झाँक्रीले स्थानीय सरकारसँग समन्वय गरेर मन्त्रालयको कामलाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाइन् ।

    नेकपा(एकीकृत समाजवादी) की नेत्रीसमेत रहेकी मन्त्री झाँक्रीले युवाहरुको सहभागितामा देशैभरि पार्टी विस्तारको अभियान चलिरहेको जानकारी दिँदै अघि बढ्नकै लागि राजनीतिक गठबन्धन भइहेको र पार्टी–पार्टीबीचको गठबन्धनले निरन्तरता पाइरहने बताइन् ।

    आफू तीन दिन मात्रै मन्त्रालय गएको र मन्त्रालयका विषयमा थप जानकारी लिन नपाएको उनको भनाइ थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक अवसर गुमाएको बताउँदै आफ्नै बहुमतको सरकार हुँदासमेत ओलीले सुशासनभन्दा कुशासन दिने काम गरेको मन्त्री झाँक्रीले आरोप लगाइन् । 

     

     

     

    २०७८, कार्तिक १ सोमवार०८:३८:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार