बर्सातले घर भत्कियो, दुईजनाको मृत्यु

बर्सातले घर भत्कियो, दुईजनाको मृत्यु

२०७८, कार्तिक २ मंगलवार

  • 1.9K
    SHARES

  • बर्सातले घर भत्कियो, दुईजनाको मृत्यु

    डोटी । तीन दिनदेखिको लगातारको वर्सातका कारण जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो जाँदा घर भत्किँदा च्यापिए दुईजनाको मृत्यु भएको छ । मृत्युहुनेमा सायल–६ मेल्लेखका सागर  र ११ आशिष कुन्जेडा छन् । 

    जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार वर्सातले स्थानीयवासी वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर उनीहरुको मृत्यु भएको हो ।  

    च्यापिएका शव निकाल्न तथा थप उद्धारका लागि इलाका प्रहरी कार्यालय मौवाबाट प्रहरी निरीक्षक किसन चन्दको नेतृत्वमा प्रहरी टोली परिचालन भएको बताइएको छ ।

    जिल्लामा वर्सातका कारण विभिन्न ठाउँमा क्षति भएका भए पनि सञ्चार सम्पर्क विच्छेद भएका कारण अन्य क्षेत्रको खबर प्रप्त हुन नसकेको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।

    २०७८, कार्तिक २ मंगलवार०४:०७:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार