मुख्यमन्त्री शाक्यले बिहीबार विश्वासको मत लिने

मुख्यमन्त्री शाक्यले बिहीबार विश्वासको मत लिने

२०७८, कार्तिक ३ बुधवार

  • 1.2K
    SHARES

  • मुख्यमन्त्री शाक्यले बिहीबार विश्वासको मत लिने

    मकवानपुर । वाग्मती प्रदेशसभाको बिहीबार अपराह्न बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

    मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा–१८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने कार्यका लागि प्रस्ताव प्रस्तुत गरे लगत्तै यही कात्तिक ४ गते बैठक बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताएका छन् ।

    बिहीबारको बैठकमा हुने विश्वासको मतका लागि सत्तापक्ष र प्रतिपक्षका लागि छुट्टाछुट्टै लबीको व्यवस्था गरिएको उनले जानकारी दिइन् । 

    वाग्मती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल १०९ सदस्य छन् ।

    २०७८, कार्तिक ३ बुधवार०२:५९:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार