काठमाडौं । हिमानी कोषले आसन्न दीपावली, नेपाल संवत, छठलगायत पर्वका अवसरमा शुक्रवार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारस शाहलगायत राजनीतिज्ञ, कूटनीतिज्ञ, साहित्यकार, वरिष्ठ सञ्चारकर्मी, राष्ट्रियस्तरका खेलाडी तथा कलाकारको सहभागिता थियो । विशेष बाजागाजाको व्यवस्था गरिएको समारोहमा सहभागीले एकापसमा शुभकामना आदानप्रदान एवं खुसीयाली साटासाट गरेका थिए ।
कोषका अध्यक्ष हिमानी शाहले ती पर्वको मौलिक तथा सांस्कृतिक पक्षको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । कोष विपत्का समयमा मुलुकका विभिन्न स्थानमा समाजिक कार्यमा क्रियाशील छ ।