चाडपर्वको मौका छोपी महङ्गो भाडा असुल गर्ने सवारीलाई कारबाही

चाडपर्वको मौका छोपी महङ्गो भाडा असुल गर्ने सवारीलाई कारबाही

२०७८, कार्तिक ७ आइतवार

  • 1.1K
    SHARES

  • चाडपर्वको मौका छोपी महङ्गो भाडा असुल गर्ने सवारीलाई कारबाही

    वीरगञ्ज । चाडपर्वको मौका छोपी सार्वजनिक सवारीमा यात्रा गर्नेसँग महङ्गो भाडा असुल गर्ने १३ सवारीलाई प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले कारबाही गरेको छ ।

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार ती सवारीलाई कारबाही तथा ५० यात्रुबाट लिइएका बढी भाडा फिर्ता गराइएको कार्यालयका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । 

    सो कार्यालयसहित मातहतको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र महोत्तरीको संयुक्त पहलमा सुमो, हाइस र बस गरी १३ सार्वजनिक सवारीलाई कारबाही गरिएको जनाइएको छ ।

    यसैबीच चाडपर्वलाई यस कार्यालय तथा मातहत कार्यालयबाट सवारी जाँच गर्दा मादक पदार्थ सेवन गरी चलाएका साना तथा ठूला गरी ५७ सवारीलाई कारबाही गरेको जनाएको छ । यसबाट रु ५७ हजार ५०० राजश्व सङ्कलन भएको जनाइएको छ । 

    २०७८, कार्तिक ७ आइतवार०८:२४:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार