गुडिरहेको बसमा आगलागी, यात्रु सकुशल

गुडिरहेको बसमा आगलागी, यात्रु सकुशल

२०७८, कार्तिक ७ आइतवार

  • 1.1K
    SHARES

  • गुडिरहेको बसमा आगलागी, यात्रु सकुशल

    धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ ।

    सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नंको यात्रुबसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । 

    छत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसमा रहेको सामान भने जलेर नष्ट भएको छ । बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

    राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए  ।

    २०७८, कार्तिक ७ आइतवार०९:१२:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार