बागमती प्रदेश मुख्यमन्त्रीको छिनोफानो आज

बागमती प्रदेश मुख्यमन्त्रीको छिनोफानो आज

२०७८, कार्तिक १० बुधवार

  • 1.2K
    SHARES

  • बागमती प्रदेश मुख्यमन्त्रीको छिनोफानो आज

    हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी एमाले विभाजनका कारण अल्पमतमा परेकी बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेकी छन् । 

    मुख्यमन्त्री बनेको एक सातामै अल्पमतमा परेकी शाक्यले दुई महिनापछि प्रदेश सभाबाट विश्वासको मत लिन लागेकी हुन् । 

    मुख्यमन्त्री शाक्य अल्पमतमा परेसँगै गत असोज २४ गते विश्वासको मत प्राप्त गर्न प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गरेकी थिइन् । प्रस्तावमाथि प्रदेश सभाको गत बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेश सभाका सदस्यहरूसँग आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेकी थिइन् । 

    गठबन्धनका दलहरू नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालका नेताहरूले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताउँदै राजीनामा दिएर मार्ग प्रशस्त गर्न र सहजरूपमा सत्ता हस्तान्तरण गर्न आग्रह गरेका थिए । 

    प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढ्ने बताएका छन् । बुधबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मतका लागि पेस गरेको प्रस्तावको पक्षमा प्रदेश सभाका सदस्यहरूले बोल्न चाहेमा समय दिइने भएको छ ।

    प्रस्तावको विपक्षमा बोलेका प्रदेश सभाका सदस्यहरूको प्रश्नको मुख्यमन्त्री शाक्यले जवाफ दिने बताउँदै प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले दस्तखतसहितको मत विभाजनसम्बन्धी कार्यविधि २०७८ प्रदेश सभाबाट पारित भएपछि मतदान प्रक्रिया अगाडि बढाइने जानकारी दिए । कार्यविधि तयार गर्न गठित उपसमितिले कार्यविधि सभामुख श्रेष्ठलाई बुझाउन बाँकी छ ।

    नेकपा एमाले नेता एवं पुर्य मुख्यमन्त्री डोरमणी पौडेलले मार्ग प्रशस्त गरे सँगै गत भदौ २ गते शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् । 

    २०७८, कार्तिक १० बुधवार०९:२२:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार