स्याङ्जाली गीतकार घन थापाको ‘तिमीलाई नै’ सार्वजनिक (भिडियो सहित)

स्याङ्जाली गीतकार घन थापाको ‘तिमीलाई नै’ सार्वजनिक (भिडियो सहित)

२०७८, कार्तिक १३ शनिवार

  • 1.5K
    SHARES

  • स्याङ्जाली गीतकार घन थापाको ‘तिमीलाई नै’ सार्वजनिक (भिडियो सहित)

    काठमाडौं । गायक किरण भुजेल र गायिका मेलिना मैनालीको युगल आवाजमा नयाँ गीत ‘तिमीलाई नै’ सार्वजनिक भएको छ । ईनाक्षी ईन्टरटेन्मेंट अस्ट्रेलियाको प्रस्तुतिमा गीतकार घन थापाको शब्द, दिपकराज विश्वकर्माको सङ्गीत, किरण भुजेल र मेलिना मैनालीको स्वर तथा अभिनयमा नयाँ गीत‘तिमीलाई नै’ शुक्रबार सार्वजनिक भएको हो ।

    निकै कर्णप्रिय, सुन्दर प्राकृतिक दृश्य कैद गरिएको प्रेमिल गीतको म्युजिक भिडियोमा अभिनय समेत गायक किरण भुजेल र गायिका मेलिना मैनालीकै रहेको छ । 

    पछिल्लो समय निकै व्यस्त गायक किरण भुजेल नेपाली गायन रियालिटी सो नेपाल आईडलबाट चर्चामा आएका हुन् । भुजेलले आफ्ना धेरै जसो गीतहरुको भिडियोमा आफै नै अभिनय गर्ने गर्छन् । 

    यता नेपाली गायन रियालिटी सो ‘द भ्वाईस अफ् नेपाल’बाट गायनमा चर्चा चुलिएकी गायिका मेलिना मैनालीले यस भिडियोमा उत्कृष्ट अभिनय देखिन्छ । साँखुमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा दुवै कलाकारको अभिनय दमदार रहेको छ ।

    दिपकराज विश्वकर्माले संगीत, मिक्सीङ् र एरेन्ज गरेको गीतको भिडियो निर्देशन पनि दिपकराजकै रहेको छ । पछिल्लो समय निकै नै चर्चामा छन् संगीतकार दिपकराज । दिपकराज शब्दमा संगीत, एरेन्ज र मिक्सीङ् गर्नुका साथै भिडियो निर्देशनमा पनि संलग्न भएकाले उनको व्यस्तता बढेको छ ।

    कविता, कथा, लघुकथा, बालकथा, मुक्तक, रेडियो नाटक, नियात्रा, पुस्तक समीक्षा तथा फुटकर लेखरचनामा समेत लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार थापाका कथासङ्ग्रह, बालकथासङग्रह, कवितासङ्ग्रह गरी ४ वटा कृति प्रकाशित छन् ।

    गीत रचनातर्फ भने यो उहाँको पहिलो रचना हो । विभिन्न साहित्यिक पुरस्कारद्वारा पुरस्कृत थापाको पहिलो गीत रचना नै निकै सशक्त देखिन्छ ।

    ‘प्रहरी द्वैमासिक प्रकाशन’मा २०७७ सालभरि प्रकाशित व्यवसायिक लेखरचनामध्ये सर्वोत्कृष्ट घोषित भई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीद्वारा गत असोज २० गते प्रहरी दिवसका दिन गीतकार थापा पुरस्कृत समेत भएका थिए । उनको शब्द रहेको यस गीत सुन्दा कर्णप्रिय लाग्ने र शब्द निकै गहन छन् ।

    २०७८, कार्तिक १३ शनिवार०७:३९:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार