काठमाडौँ । ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले पहिरिन सफल बनेकी छन् । पन्ध्र प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन् ।
विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल भएकी छन् । उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्याएकी थिइन् ।