प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

२०७८, कार्तिक १५ सोमवार

  • 1.0K
    SHARES

  • प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज (सोमबार) बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिैदैछन् ।

    मध्यान्ह साढे १२ बजे बस्ने प्रदेश सभा बैठकमा आचार्यले राखेको विश्वासको मतको प्रस्तावमाथि मतविभाजन गर्ने कार्यसूची रहेको छ ।

    मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्वास लिने प्रस्ताव सदनमा पेस गरेका थिए । तर, मतदान नभई बैठक कात्तिक १५ गतेका लागि सारिएको थियो । त्यति बेला काँग्रेस र एमालेले बैठक सार्न लिखित निवेदन दिएका थिए ।

    प्रदेश १ को विपक्षी गठबन्धनले मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

    आज बस्ने प्रदेश सभा बैठकको पूर्व सन्ध्यामा विराटनगरमा बसेको विपक्षी गठबन्धनको बैठकले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय गरेको काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिएका छन् ।

    प्रदेश १ मा ९२ जना सांसद छन् । बहुमतका लागि ४७ मत चाहिन्छ । एमालेका ४१ सांसद छन् । विपक्षी गठबन्धनमा ५० सांसद छन् । नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् । राप्रपाका एक सांसद कतै खुलेका छैनन् ।

    २०७८, कार्तिक १५ सोमवार०९:०५:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार