ट्याक्टर दुर्घटनामा तीनको मृत्यु

ट्याक्टर दुर्घटनामा तीनको मृत्यु

२०७८, कार्तिक १७ बुधवार

  • 1.1K
    SHARES

  • ट्याक्टर दुर्घटनामा तीनको मृत्यु

    जाजरकोट । जाजरकोटमा ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । 

    नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा गए राति २ बजे दुर्घटना भएको हो । 

    मृत्यु हुनेमा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्री छन् । 

    त्यस्तै नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् । उनी सहचालक हुन् । घाइतेको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए । ट्र्याक्टर नम्बर भने खुल्न सकेको छैन । 

    २०७८, कार्तिक १७ बुधवार०८:४०:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार