दर्शक मरिरहे, कन्सर्ट चलिरह्यो

दर्शक मरिरहे, कन्सर्ट चलिरह्यो

२०७८, कार्तिक २१ आइतवार

  • 1.4K
    SHARES

  • दर्शक मरिरहे, कन्सर्ट चलिरह्यो

    एजेन्सी । टेक्ससमा आयोजित एस्ट्रोवर्ल्ड म्युजिक फेस्टिभलमा र्‍यापर ट्राभिस स्कटको शुक्रबार रातिको प्रस्तुति त्रासदीमा समाप्त भएको छ । दर्शकहरू स्टेजतर्फ ठेलमठेल गर्न थालेपछि कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ३ सयभन्दा बढी घाइते भएका छन् । मारिनेमा १४ देखि २७ वर्ष उमेर समूहका रहेका छन् ।

    करिब ५० हजार दर्शक एनआरजी पार्कमा आयोजित कन्सर्टमा सहभागी हुन पुगेका थिए । स्कटले सन् २०१८ मा ‘एस्ट्रोवर्ल्ड’ नामक एल्बम रिलिज गरेका थिए । र, उनले सोही नाममा सङ्गीत महोत्सवको सुरुवात गरेका हुन् ।

    हाउस्टनका अग्नि नियन्त्रण विभागका प्रमुख साम पेनाका अनुसार ठेलमठेलले मानिसहरु आत्तिएका थिए । जसले दर्शकबीच झगडाको सुरुवात गरेको थियो केही बेहोस बनेका थिए । एस्ट्रोवर्ल्डका आयोजकहरूले कन्सर्टमा स्वास्थ्यकर्मीहरूको टोली पनि राखेको थियो तर उनीहरू निरीह बनेका थिए ।

    केही मानिसहरूले सहयोगका लागि अपिल गरिरहँदा अन्य भने पीडितको उद्धार गर्न पुगेका एम्बुलेन्समाथि चढेर नाचिरहे । उता, चर्को स्वरमा सङ्गीत बजिरह्यो । दर्शकहरूको एक समूहले गीत रोक्न आग्रह गरे पनि र्‍यापर स्टेजमा गीत गाइरहेका थिए । हाउस्टन प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

    २०७८, कार्तिक २१ आइतवार०४:३७:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार