मैवाखोला गाउँपालिकाको एम्बुलेस दुर्घटना, एकको मृत्यु

मैवाखोला गाउँपालिकाको एम्बुलेस दुर्घटना, एकको मृत्यु

२०७८, कार्तिक २१ आइतवार

  • 1.1K
    SHARES

  • मैवाखोला गाउँपालिकाको एम्बुलेस दुर्घटना, एकको मृत्यु

    फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको मे १ झ ३१७० नं को एम्बुलेन्स दर्घटना हुँदा एक महिलाकोे मृत्यु भएको छ । शनिबार राति मैवाखोलाको मिल्केडाँडामा सो एम्बुलेन्स दुर्घटना भएको थियो ।

    त्यसमा परेर मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।   

    एम्बुलेन्समा चालकसहित सात जना सवार थिए । अरु छ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिएका छन् ।  

    मैवाखोला गाउँपालिका केन्द्र साँघुबाट बिरामी वीरबहादुर लिम्बूलाई लिएर धरान जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ । 

    २०७८, कार्तिक २१ आइतवार०६:०३:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार