बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

२०७८, कार्तिक २२ सोमवार

  • 1.2K
    SHARES

  • बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

    हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज (सोमबार) विश्वासको मत लिँदै छन् ।

    आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेस गर्ने नेकपा एकीकृत समाजवादीका प्रदेश संसदीय दलले जनाएको छ । 

    प्रस्ताव पेस भएसँगै मतदान पनि आजै हुन सक्ने लम्सालले बताए ।

    सोमबार ३ बजे संसद् बैठक छ। त्यहीँ बैठकमा विश्वासको मत लिने प्रस्ताव पेस हुन्छ । सायद आज नै विश्वासको मतमाथि मतदान हुन्छ होला,’ उनले भने ।

    नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ ।

    यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन्।

    २०७८, कार्तिक २२ सोमवार०७:२४:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार