मकवानपुरमा ट्रक र बस एक आपसमा ठोकिँदा दुई जनाको मृत्यु

मकवानपुरमा ट्रक र बस एक आपसमा ठोकिँदा दुई जनाको मृत्यु

२०७८, कार्तिक २४ बुधवार

  • 1.0K
    SHARES

  • मकवानपुरमा ट्रक र बस एक आपसमा ठोकिँदा दुई जनाको मृत्यु

    मकवानपुर । ट्रक र बस एक आपसमा ठोकिँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

    जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नंको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो ।

    मृतक यात्रुको सनाखत भई नसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

    उनले बसका घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको बताए ।

    २०७८, कार्तिक २४ बुधवार०८:१५:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार