रेडक्रस काठमाडौं जिल्ला शाखा विघटन, पराजुली बने नयाँ मन्त्री

रेडक्रस काठमाडौं जिल्ला शाखा विघटन, पराजुली बने नयाँ मन्त्री

२०७८, कार्तिक २७ शनिवार

  • 1.2K
    SHARES

  • रेडक्रस काठमाडौं जिल्ला शाखा विघटन, पराजुली बने नयाँ मन्त्री

    काठमाडौं । नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखा विघटन भएको छ ।

    मंगलवार बसेको रेडक्रस केन्द्रीय कार्यसमितिको ३०८ औं बैठकले वैधानिक दायित्व पालना नगरेका जिल्ला शाखाहरुलाई सोसाइटीको विधानको दफा १७ (क) ले व्यवस्था गरेको केन्द्रीय अधिकार प्रयोग गरि दफा ५३ को (४) घ बमोजिम जिल्ला शाखा विघटन गरिएको रेडक्रसले जनाएको छ । 

    बैठकले दफा ३५ (१) बमोजिम श्री लवराज श्रेष्ठको सभापतित्वमा १५ सदस्यीय तदर्थ कार्यसमिति समेत गठन गरेको छ । 

    त्यस्तै, १५ सदस्यीय कार्यसमितिको मन्त्रीमा कोटेश्वर - मिनभवन उपशाखाका उपाध्यक्ष मोहन कुमार पराजुली चयन भएका छन् ।

    redcross.PNG

    २०७८, कार्तिक २७ शनिवार०९:५३:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार