सरकार, संसद् र न्यायपालिकाले काम गर्न सकेन : नेम्वाङ

सरकार, संसद् र न्यायपालिकाले काम गर्न सकेन : नेम्वाङ

२०७८, कार्तिक २७ शनिवार

  • 813
    SHARES

  • सरकार, संसद् र न्यायपालिकाले काम गर्न सकेन : नेम्वाङ

    झापा । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार, संसद् र न्यायपालिकाले काम गर्न नसकेको आरोप लगाएका छन् ।  

    सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज विर्तामोडमा २५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले  असफलताको सबै दोष वर्तमान गठबन्धन सरकारले लिनुपर्ने बताए ।  

    सरकारले अन्य अङ्गलाई काम गर्ने वातावरण उपलब्ध नगराएको नेम्वाङले बताए । सबै कुराको दोष संविधानलाई दिन नहुने उनको धारणा थियो । उनले राजनीतिलाई संवैधानिक मार्गमा हिँडाउने काम राजनीतिक दलको भएको स्पष्ट पारे ।  

    सो अवसरमा नेता नेम्वाङले संविधानसभा सदस्य केशव बडाललाई राष्ट्रिय व्यक्तित्व सम्मान पुरस्कार प्रदान गरे । सहकारी अभियानमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई सो सहकारीले रु एक लाख एक हजार राशिको पुरस्कार प्रदान गर्दैआएको छ । 

    २०७८, कार्तिक २७ शनिवार०७:४६:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार