अवरुद्ध सिद्धार्थ राजमार्ग सात घण्टापछि खुल्यो

अवरुद्ध सिद्धार्थ राजमार्ग सात घण्टापछि खुल्यो

२०७८, कार्तिक २९ सोमवार

  • 989
    SHARES

  • अवरुद्ध सिद्धार्थ राजमार्ग सात घण्टापछि खुल्यो

    पाल्पा । अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सात घण्टापछि खुलेको छ । आज बिहानै खसेको सुख्खा पहिरोले राजमार्ग अवरुद्ध बनेको थियो ।

    पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ अन्तर्गत पाल्पाको दोभान हेडबक्स नजिकै नागको मन्दिर अगाडि भागमा ठूलो ढुङेगासहितको सुख्खा पहिरो खसेर राजमार्ग अवरुद्ध बनेको हो । दोभान प्रहरीचौकी प्रमुख विष्णु कुँवरले १२ बजेबाट राजमार्ग खुलेको जानकारी दिए ।  

    पहिरो पन्छाएर सडक एकतर्फी खुलेपछि अलपत्र यात्रु तथा सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । 

    २०७८, कार्तिक २९ सोमवार०१:४३:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार