चर्चित भारतीय लेखिका मन्नु भण्डारीको निधन

चर्चित भारतीय लेखिका मन्नु भण्डारीको निधन

२०७८, कार्तिक ३० मंगलवार

  • 1.0K
    SHARES

  • चर्चित भारतीय लेखिका मन्नु भण्डारीको निधन

    नयाँ दिल्ली । भारतकी चर्चित लेखिका मन्नु भण्डारीको हिजो (सोमबार) निधन भएको छ ।

    लामो समयदेखि अस्वस्थ रहेकी भण्डारीको हरियाणास्थित नारायण अस्पताल, गुरुग्राममा उपचारका क्रममा निधन भएको हो ।

    उनकी छोरी रचना यादवले उनको निधनको पुष्टि गर्दै आफूले जीवनको अमूल्य चिज गुमाएको उल्लेख गरेकी छन् ।

    स्वर्गीय भण्डारीका आप्का बन्टी, महाभोज, यही सच है लगायतका थुप्रै कृतिहरू अत्यन्त चर्चित छन् ।

    उनको जन्म सन् १९३१ को अप्रिल ३ मा भएको थियो । ९० वर्षको उमेरमा उनको निधन भएको हो ।- एजेन्सी ।

    २०७८, कार्तिक ३० मंगलवार०१:४४:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार