कोरोना अपडेट : थप २९९ जनामा संक्रमण,६ जनाको मृत्यु 

कोरोना अपडेट : थप २९९ जनामा संक्रमण,६ जनाको मृत्यु 

२०७८, मंसिर २ बिहिवार

  • 625
    SHARES

  • कोरोना अपडेट : थप २९९ जनामा संक्रमण,६ जनाको मृत्यु 

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८६३ पीसीआर परीक्षणमा २७२ जना र ३ हजार २८८ जनाको एन्टिजेन परीक्षणमा २७ जना गरी  २९९ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २६० रहेको छ भने कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । 

    यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १३ हजार ५५७ पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९० जना र ललितपुरमा २५ जनामा संक्रमण पुष्टि भएको छ ।

    २०७८, मंसिर २ बिहिवार०५:५५:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार