रोल्पामा बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु

रोल्पामा बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु

२०७८, मंसिर ३ शुक्रवार

  • 1.0K
    SHARES

  • रोल्पामा बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु

    रोल्पा । यहाँ बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । 

    दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना३ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–४ तार्केबाङ सहिदमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीले जानकारी दिए । 

    दुर्घटनामा परी मृत्यु हुनेमा एक महिला र तीन पुरुष रहेका छन् । मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–५ बस्ने ४० वर्षीय चालक वीरमान बुढा, सोही गाउँपालिका–६ बस्ने ५० वर्षीय कुमार पुन, वडा नं १ बस्ने  २९ वर्षीय दीपक रोका रहेको प्रहरीले बताएको छ । 

    एक महिलाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

    बस सहिदमार्गबाट २०० मिटर तल खोलामा खसेको छ । गत हप्ता माडी गाउँपालिका घर्तीगाउँको बजार नजिकै जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । 

    २०७८, मंसिर ३ शुक्रवार०८:४६:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार