वीरगञ्जका दुई पालिकामा आज सार्वजनिक बिदा

वीरगञ्जका दुई पालिकामा आज सार्वजनिक बिदा

२०७८, मंसिर ३ शुक्रवार

  • 909
    SHARES

  • वीरगञ्जका दुई पालिकामा आज सार्वजनिक बिदा

    वीरगञ्ज । कात्तिक शुक्ल पूर्णिमाका अवसरमा बाराका दुई फरक–फरक पालिकाभित्र आज सार्वजनिक बिदा दिइएको छ । बाराको करैयामाई गाउँपालिका र फेटा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हो ।

    करैयामाई गाउँपालिकाको वडा नं २ मा रहेको करैयामाई मन्दिरमा र फेटा गाउँपालिकाको वडा नं १ मा रहेको त्रिवेणीमा तथा खैरातियामाई मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन स्नान गरी जिल्लाका विभिन्न शक्तिपीठमा मेला तथा पूजा हुने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको पालिका अध्यक्षहरूले जानकारी दिए । 

    बिदाका दिन गाउँपालिकाभित्रका सबै वडा कार्यालय, सम्पूर्ण शिक्षण संस्थालगायतका सार्वजनिक सङ्घसंस्था बन्द रहने जनाइएको छ ।

    २०७८, मंसिर ३ शुक्रवार०८:५२:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार