आज देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

आज देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

२०७८, मंसिर ७ मंगलवार

  • 733
    SHARES

  • आज देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागहरूमा आंशिक रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

    महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

    प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    यस्तै, आज राति प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

    प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    २०७८, मंसिर ७ मंगलवार०८:००:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार