काँग्रेस नेता बस्नेत अस्पताल भर्ना

काँग्रेस नेता बस्नेत अस्पताल भर्ना

२०७८, मंसिर ७ मंगलवार

  • 1.0K
    SHARES

  • काँग्रेस नेता बस्नेत अस्पताल भर्ना

    काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत अस्पताल भर्ना भएका छन् ।  

    उनलाई रुघाखोकी र ज्वरो देखिएपछि सोमबार काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

    काँग्रेस अधिवेशनका क्रममा गृह जिल्ला सिन्धुपाल्चोकमा रहेका नेता बस्नेत रुघाखोकी र ज्वरोबाट पीडित भएका हुन् । जाँचका क्रममा चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको नेता बस्नेतका सञ्चार सहयोगी रामचन्द्र दुलालले जानकारी दिए ।  

    उनी पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि गठित स्वास्थ्य समितिका संयोजकसमेत हुन् । 

    २०७८, मंसिर ७ मंगलवार११:०६:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार