रहेनन् राखेपका पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पा

रहेनन् राखेपका पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पा

२०७८, मंसिर ८ बुधवार

  • 1.2K
    SHARES

  • रहेनन् राखेपका पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पा

    काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका पूर्व महासचिव लामा टेण्डी शेर्पाको निधन भएको छ।

    नसा सम्बन्धी रोगबाट विगत तीन वर्षदेखि अस्वस्थ्य रहेका शेर्पाको बुधबार बिहान ३स्४५ बजे विशालनगरस्थित ओरागन केयर होममा निधन भएको उनका परिवार स्रोतले बतायो । 

    नसा सम्बन्धी रोगले थला पर्नुअघि उनको उपचारको हर सम्भव उपाय अवलम्बन गरिएको थियो। उनको अमेरिका, भारत, चीनलगायतका राष्ट्रमा समेत पुगेर उपचार गराइएको थियो। तर, कहीँ पनि उपचार सम्भव नभएपछि पछिल्लो दुई वर्षदेखि ओरागन केयर होममै राखेर उपचार गराइएको थियो। उनका बुवा, आमा, दुई दाइ र एक बहिनी छन्।

    २०७८, मंसिर ८ बुधवार०८:५२:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार