माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घमा लामा

माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घमा लामा

२०७८, मंसिर १९ आइतवार

  • 4.1K
    SHARES

  • माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घमा लामा

    भक्तपुर । नेकपा (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासङ्घ भक्तपुर जिल्ला कमिटीको चौथो सम्मेलनले मिलन लामाको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ ।

    शनिवार सम्पन्न सो सम्मेलनमा माओवादी केन्द्र जिल्ला अध्यक्ष डिपी ढकालले गणतन्त्रको रक्षाका एकजुट हुन आह्वान गरे ।

    महासङ्घका केन्द्रीय उपमहासचिव तथा बागमती प्रदेश इन्चार्ज प्रकाश श्रेष्ठ, सूर्य विनायक नगर कमिटीका अध्यक्ष सानु कान्छा आले मगरलगायतले श्रमिकका हकहितमा भरोसायोग्य सङ्गठनका रूपमा विकास र विस्तार गर्दै लैजाने बताए ।

    २०७८, मंसिर १९ आइतवार०७:५२:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार