मौसम : सामान्य बदलीरहि एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

मौसम : सामान्य बदलीरहि एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

२०७८, मंसिर २१ मंगलवार

  • 813
    SHARES

  • मौसम : सामान्य बदलीरहि एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

    काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तर, बिहान पहाडी भूभागमा आंशिक बदली रही थोरै क्षेत्रमा हुस्सुरकुहिरो लागेको छ।

    दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ र बागमतीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। राति प्रदेश १ र बागमतीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    २०७८, मंसिर २१ मंगलवार०७:३७:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार