खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु

खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु

२०७८, मंसिर २१ मंगलवार

  • 1.0K
    SHARES

  • खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु

    वाग्मती । कोरोना सङ्क्रमण विरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ ।

    हेटौँडा उपमहानगरपालिका–१४ का ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त विडारीका अनुसार चार दिन अघि ति महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो । उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन् ।

    उनलाई कारोना सङ्क्रमण हुुनु अगावै कोरोना विरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।

    २०७८, मंसिर २१ मंगलवार०३:००:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार