आज प्रदेश–१ का केही स्थानमा वर्षा हुने

आज प्रदेश–१ का केही स्थानमा वर्षा हुने

२०७८, मंसिर २२ बुधवार

  • 1.2K
    SHARES

  • आज प्रदेश–१ का केही स्थानमा वर्षा हुने

    काठमाडौँ । नेपालमा हाल सम्म उल्लेखनीय मौसमी प्रणाली छैन । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो प्रदेश नम्बर–१ को भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ को पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    राति प्रदेश–१ र प्रदेश नम्बर–२ का भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

    २०७८, मंसिर २२ बुधवार०७:४७:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार