आज देशका केही स्थानमा हल्का हिमपातको सम्भावना

आज देशका केही स्थानमा हल्का हिमपातको सम्भावना

२०७८, मंसिर २६ आइतवार

  • 833
    SHARES

  • आज देशका केही स्थानमा हल्का हिमपातको सम्भावना

    काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आइतबार गण्डकी र प्रदेश १ मा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

    सोमबार भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    २०७८, मंसिर २६ आइतवार०७:५५:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार