विद्यालय र कलेजमै कोरोना विरुद्धको खोप लगाउने योजना : मन्त्री खतिवडा

विद्यालय र कलेजमै कोरोना विरुद्धको खोप लगाउने योजना : मन्त्री खतिवडा

२०७८, पौष २ शुक्रवार

  • 1.2K
    SHARES

  • विद्यालय र कलेजमै कोरोना विरुद्धको खोप लगाउने योजना : मन्त्री खतिवडा

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताएका छन् ।

    चाबहिलमा रहेको मनास्लु वर्ल्ड कलेजमा बिहीबार आयोजित कार्यक्रममा उनले अन्य ठाउँमा विद्यार्थी बोलाउँदा नआउन सक्ने भएकाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताएका हुन् ।

    मन्त्री खतिवडाले विद्यार्थीलाई पुस ४ गतेदेखि कोरोना विरुद्धको खोप प्रदान गर्न सरकार लागिपरेको बताए । उनले कोरोनाको त्रास अझै कायम रहेकाले संयमित हुन विद्यार्थीलाई आग्रह गरे ।

    कलेजका अध्यक्ष गेहेन्द्र लामाले किताबी ज्ञानसँगै कलेजले सीपमूलक शिक्षालाई प्राथमिकतामा राखेको बताए ।

    कलेजका प्राचार्य राजन श्रेष्ठले विद्यार्थीलाई चाहिने उपयुक्त वातावरणका लागि भौतिक पूर्वाधार र निर्माणमा विशेष चासो देखाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए ।

    २०७८, पौष २ शुक्रवार०७:०१:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार