काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६४ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार ५६६ वटा नमुना स्वाबमा परीक्षण गर्दा २६४ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५८८ पुगेको छ ।
त्यस्तै आज २६० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ९१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।