ओमिक्रोन फैलिन नदिन पूर्वतयारीमा रहन स्वास्थ्य मन्त्रालयको आग्रह

ओमिक्रोन फैलिन नदिन पूर्वतयारीमा रहन स्वास्थ्य मन्त्रालयको आग्रह

२०७८, पौष १९ सोमवार

  • 1.0K
    SHARES

  • ओमिक्रोन फैलिन नदिन पूर्वतयारीमा रहन स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा कोभिड–१९ (कोरोना) को पछिल्लो भेरियन्ट ओमिक्रोन फैलिन नदिन पूर्वतयारीका साथ रहन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेको छ ।

    महाशाखाले आइतबार एक सूचना जारी गर्दै ओमिक्रोन फैलिन नदिन सबै निकायले सतर्कता र पूर्वतयारीका साथ रहनुपर्ने जनाएको छ ।

    विगतमा जस्तै ‘केस’हरू बढ्न नदिन जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न र परीक्षणको दायरा बढाउन सूचनामा आग्रह गरिएको छ ।

    त्यस्तै, महाशाखाले सीमा नाकामा रहेका प्रवेश विन्दुहरुबाट प्रवेश गर्ने यात्रुहरुको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न पनि आग्रह गरेको छ ।

    २०७८, पौष १९ सोमवार१०:२४:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार