भारतमा ओमिक्रोनबाट संक्रमित पहिलो मृत्यु

भारतमा ओमिक्रोनबाट संक्रमित पहिलो मृत्यु

२०७८, पौष २२ बिहिवार

  • 1.6K
    SHARES

  • भारतमा ओमिक्रोनबाट संक्रमित पहिलो मृत्यु

    काठमाडौं । भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित एक जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ओमिक्रोनका कारण मृत्यु भएको यो पहिलो घटना हो ।

    मन्त्रालयका अनुसार राजस्थानको उदयपुरमा ओमिक्रोनबाट संक्रमित एक वृद्धको मृत्यु हो । मन्त्रालयका सचिव लव अग्रवालका अनुसार उनमा डायबिटिज लगायतका स्वास्थ्य समस्या थियो ।

    भारतमा ओमिक्रोनको पहिलो केस १२ डिसेम्बरमा केरलामा पुष्टि भएको थियो । त्यसअघि विश्वमा सबैभन्दा पहिले २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा ओमिक्रोन पुष्टि भएको थियो ।

    हाल ओमिक्रोनबाट संक्रमित हुनेहरुको संख्या तीव्ररुपमा वृद्धि भएपछि विभिन्न देशहरुले चिन्ता व्यक्त गरेका छन् । -अनलाइन खबर

    २०७८, पौष २२ बिहिवार०८:३१:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार