शनिवारदेखि प्रधानमन्त्री देउवा आइसोलेशनमा, आज कोरोना परिक्षण हुने

शनिवारदेखि प्रधानमन्त्री देउवा आइसोलेशनमा, आज कोरोना परिक्षण हुने

२०७८, पौष २५ आइतवार

  • 1.0K
    SHARES

  • शनिवारदेखि प्रधानमन्त्री देउवा आइसोलेशनमा, आज कोरोना परिक्षण हुने

    काठमाडौँ । शनिवारदेखि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेशनमा बसेका छन् । उनको सचिवालयले जनाए अनुसार उनी शनिवारदेखि आइसोलेशनमा बसेका हुन् । प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आज हुँदैछ । 

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना सङ्क्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेशनमा बसेका हुन् । दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी थिए ।

    प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । माओवादीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

    २०७८, पौष २५ आइतवार०७:४६:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार