नयाँ भेरियन्टको थप चुनौती: प्रधानमन्त्री देउवा

नयाँ भेरियन्टको थप चुनौती: प्रधानमन्त्री देउवा

२०७८, माघ २ आइतवार

  • 973
    SHARES

  • नयाँ भेरियन्टको थप चुनौती: प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा नयाँ भेरियन्टले चुनौती थपेको बताएका छन् ।

    तीव्रगतिमा सङ्क्रमण फैलने नयाँ–नयाँ भेरियन्टले ठूलो समस्या ल्याएको उनको भनाइ छन् ।

    आगामी चैत मसान्तभित्र सबै नेपालीलाई खोप सरकारले लक्ष्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले खोप अभियानलाई प्रभावकारी बनाएर लैजाने बताए ।

    ‘ओमिक्रोनजस्ता भाइरस डरलाग्दो तरिकाले आइरहेको छ, सबै नागरिकलाई खोपको पूर्ण मात्रा दिएर कुनै पनि हालतमा नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउनुपर्ने, सीमा क्षेत्रमा होल्डिङ सेन्टरको स्थापना र चिकित्सकको व्यवस्था गर्नुपर्ने अवस्था छ’, उनले भने ।

    कोरोनाविरुद्धको महामारीमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीको जीवन बिमा र सुरक्षाकर्मीलाई प्रोत्साहित गरिनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

    यसअघि नेपालले सञ्चालन गरेको खोप अभियान प्रभावकारी भएर विश्व स्वास्थ्य सङ्गठनले बधाई दिएको स्मरण गर्दै उनले आगामी दिनमा पनि कोरोना नियन्त्रणमा द्रूतगतिमा काम गर्नुपर्ने बताए ।

    २०७८, माघ २ आइतवार०८:५६:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार