कोरोना अपडेट: थपिए ६७३४ संक्रमित, काठमाडौंमा मात्र ४ हजार

कोरोना अपडेट: थपिए ६७३४ संक्रमित, काठमाडौंमा मात्र ४ हजार

२०७८, माघ ३ सोमवार

  • 1.1K
    SHARES

  • कोरोना अपडेट: थपिए ६७३४ संक्रमित, काठमाडौंमा मात्र ४ हजार

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६७३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४६५ नमुना (१४ हजार १४ पीसीआर र ३४५१ एन्टिजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा ५४७ जना निको भएका छन् । आज कोभिडका कारण थप ३ जनाले ज्यान गुमाएका छन् । 

    आज थपिएसँगै सक्रिय संक्रमित संख्या ३० हजार ८७७ पुगेको छ । 

    काठमाडौं उपत्यका मात्र ३९३९ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा मात्र २९४३, ललितपुरमा ७९५ र भक्तपुरमा २०१ जना संक्रमित थपिएका छन् ।

    २०७८, माघ ३ सोमवार०५:१३:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार