कोभिड खोपमा नेपाललाई सफलता, डब्लुएचओले दियो बधाई

कोभिड खोपमा नेपाललाई सफलता, डब्लुएचओले दियो बधाई

२०७८, माघ २० बिहिवार

  • 1.0K
    SHARES

  • कोभिड खोपमा नेपाललाई सफलता, डब्लुएचओले दियो बधाई

    काठमाडौँ । नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुङ्गा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले ७० प्रतिशत वयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा नेपाललाई बधाई पनि दिएको छ ।

    ‘सत्तरी प्रतिशत जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकामा नेपाललाई बधाई । यो नेपाल तथा सहयोगी निकायको ठुलो सफलता हो । एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने यसले साबित गरेको छ’, डब्ल्युएचओ नेपालले ट्विटरमार्फत बधाई दिँदै भनेको छ ।

    नेपाल सरकारले चैत मसान्तसम्म १८ वर्षमाथिका १०० प्रतिशत नागरिकलाई पूर्ण खोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान चलाइरहेको छ । -रासस ।

    २०७८, माघ २० बिहिवार०५:४१:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार