आजदेखि काठमाडौँ महानगरमा फाइजर खोपको दोस्रो डोज

आजदेखि काठमाडौँ महानगरमा फाइजर खोपको दोस्रो डोज

२०७८, माघ २४ सोमवार

  • 945
    SHARES

  • आजदेखि काठमाडौँ महानगरमा फाइजर खोपको दोस्रो डोज

    काठमाडौँ । काठमाडौँ महानगरपालिकामा आजदेखि आउँदो फागुन ५ गतेसम्म कोरोनाविरुद्धको फाइजर खोपको दोस्रो डोज लगाइँदै छ ।

    शनिबारबाहेक अरू सबै दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।

    १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाई तीन हप्ता पूरा भएका विद्यार्थीले दोस्रो डोज खोप लगाउनका लागि पूर्ववत् खोप केन्द्र तोकिएका विद्यालयहरूमा जानुपर्ने महानगरले जनाएको छ ।

    महानगरका ३२ वटै वडामा रहेका निश्चित विद्यालयहरूलाई खोप केन्द्र तोकिएको छ ।khop-1.jpg

    २०७८, माघ २४ सोमवार०७:५७:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार