बुस्टर डोजमा यी खोप दिइँदैछ, संक्रमण भएकाले कति समयपछि लगाउने ?

बुस्टर डोजमा यी खोप दिइँदैछ, संक्रमण भएकाले कति समयपछि लगाउने ?

२०७८, माघ २९ शनिवार

  • 1.5K
    SHARES

  • बुस्टर डोजमा यी खोप दिइँदैछ, संक्रमण भएकाले कति समयपछि लगाउने ?

    काठमाडौं । बुस्टर डोजमा सरकारले फागुन १ गतेदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड १९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ  ।

    दोस्रो डोज खोप लगाएका ६ महिना पूरा भएका सबैले बुस्टर डोज लिन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुस्टर डोजको रूपमा उपलब्धताका आधारमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको पनि मन्त्रालयले जनाएको छ ।

    यसअघि सरकारले मिक्स म्याचको अवधारणाअनुसार बुस्टर डोजमा फरकफरक खोप पनि दिएको थियो । कोभिड १९ संक्रमण भएका व्यक्तिहरूले भने संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज खोप लिन मन्त्रालयले अनुरोध गरेको छ ।

    नेपालमा आजसम्म १८ वर्षमाथिका ८९.४ प्रतिशतले पहिलो र ७४.२ प्रतिशतले दुवै डोज खोप लगाएका छन् ।

    त्यस्तै १२ देखि १७ वर्षसम्मका बालबालिकामध्ये ८५ प्रतिशतले पहिलो र ३९ प्रतिशतले दुवै डोज खोप लगाएका छन् भने ६ लाख ९१ हजार ४२७ जनाले बुस्टर डोज खोप लिएको मन्त्रालयको तथ्यांक छ । -एजेन्सी । 

    २०७८, माघ २९ शनिवार०८:१९:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार