चाडपर्वअनुसार खानाले पौष्टिक आहार प्राप्त हुने

चाडपर्वअनुसार खानाले पौष्टिक आहार प्राप्त हुने

२०७७, पौष १६ बिहिवार

  • 2.1K
    SHARES

  • चाडपर्वअनुसार खानाले पौष्टिक आहार प्राप्त हुने

    पौष १६, काठमाडौँ । 

    गण्डकी प्रदेशसभा, अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले चाडपर्व आत्मियताका धरोहर भएको बताएका छन् ।

    पोखरा महानगरपालिका–३० गगनगौडास्थित गणेश नेवाः खलले योमोरी पुन्हिको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले अनेकतामा एकता नेपालको पहिचान भएकामा जोड दिए । 

    चाडपर्वअनुसारका खानाले पनि शरीरलाई पौष्टिक आहार प्राप्त हुने बताउँदै उनले हाम्रा पर्व वैज्ञानिक रुपमा पनि महत्वपूर्ण रहेको बताए ।

    गणेश नेवाः खलाका अध्यक्ष दीपकराम ढेवाजु, संस्थाका निवर्तमान अध्यक्ष प्रेम लिगल, सल्लाहकार सनतकुमार श्रेष्ठ, संस्थाका पूर्वसचिव नरेशकुमार श्रेष्ठलगायतले पर्व र संस्कृतिको महत्वमाथि प्रकाश पारेका थिए । 

    संस्थाको विकासमा समृद्धिमा योगदान पु-याउनुहुने निवर्तमान अध्यक्ष लिगल, तुलसीप्रसाद लिगल, नारायणकुमार श्रेष्ठ र मिसा: पुचका सदस्यलाई सम्मान गरिएको थियो ।

    २०७७, पौष १६ बिहिवार०५:१२:४०
    प्रतिक्रिया
    सम्बन्धित समाचार