प्रदेश नं १ मा थप २२६ जना कोरोना सङ्क्रमित, १०२ निको भए

प्रदेश नं १ मा थप २२६ जना कोरोना सङ्क्रमित, १०२ निको भए

२०७७, मंसिर १६ मंगलवार

  • 2.0K
    SHARES

  • प्रदेश नं १ मा थप २२६ जना कोरोना सङ्क्रमित, १०२ निको भए

    मंसिर १६, विराटनगर । 

    प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

    पछिल्लो २४ घण्टामा यो प्रदेशमा एक हजार ५३ जनाको पिसीआर परीक्षण गरिएकामा ९० महिलासहित २२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा मोरङका ७६ मध्ये विराटनगरमा ४९, सुनसरीका ४८, झापाका ४५, ताप्लेजुङका २१, उदयपुरका नौ, इलाम र धनकुटाका पाँच÷पाँच, सङ्खुवासभा, तेह्रथुम, भोजपुर र पाँचथरका एक÷एक र प्रदेश बाहिरका १३ जना रहेका  छन् । 

    प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २७ हजार २६२ पुगेको छ । प्रदेशमा सोमवार १०२ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् । योसँगै उपचारपछि निको हुनेको सङ्ख्या अहिलेसम्म २२ हजार २८५  पुगेको छ । प्रदेशमा अहिलेसम्म एक लाख ९१ हजार ४२६ जनाको पिसीआर परीक्षण सम्पन्न गरिएको छ । 

    २०७७, मंसिर १६ मंगलवार०७:१५:३६
    प्रतिक्रिया
    सम्बन्धित समाचार